“लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने छौ”– प्रधानमन्त्री ओली
वि.सं.२०७५ वैशाख १७ सोमवार १३:३७
7.12K
shares
shares

केपी शर्मा ओली
लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको सोमबार बिहान अवलोकन पछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहे पनि ओझेलमा परेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि जुन सुकै कदममा पनि सरकारले सहयोग गर्ने बताए।
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार नपुगेको कारण बाह्य पर्यटकको संख्यामा कमी आएको भन्दै ओलीले अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार– प्रसार र प्रर्बद्धनलाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख समेत गरे। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन हिजो लुम्बीनी पुगेका थिए।































