फिल्म ‘दाल भात तरकारी’मा आँचल ‘इन’
वि.सं.२०७५ कात्तिक २५ आइतवार १३:२८
8.65K
shares
shares

काठमाडौं । फिल्म ‘दाल भात तरकारी’मा नायिका आँचल शर्मा ‘इन’ भएकी छिन्। फिल्म घोषणा गर्दा नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा रहने बताइएको थियो। तर, अहिले नायिका स्वस्तिमा खड्काले आफ्नो समय नमिलेका कारण यो फिल्म छोडेकी छिन्। उनै स्वस्तिमाको ठाउँमा नायिका आँचल शर्मा ‘इन’ भएकी हुन्।
मह संचारुको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मलाई किरण केसीले निर्माण गर्न लागेका हुन्। आँचलले यसै ब्यानरबाट निर्माण भएको फिल्म ‘शत्रु गते’मा समेत काम गरिसकेकी छिन्। सुदन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘दाल भात तरकारी’मा हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, पुष्प खड्का, विल्सन विक्रम राईको पनि अभिनय रहनेछ।
मंसिर १ गतेबाट छायांकनमा जाने यस फिल्मले वैशाख १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।














