रणवीर ‍र दीपिकाको बिहे पर्सी, इटालीमा जोडिँदै लगनगाँठो

6.21K
shares

काठमाडौँ । बलिउड हिरो रणवीर सिंह र हिरोइन दीपिका पादुकोणको बिहेको तयारी पूरा भएको छ। उनीहरुको बुधवार बिहे हुँदैछ। नोभेम्बर १४ र १५ मा उनीहरुले बिहे गर्ने आंकलन गरिएको थियो। केही समयअघि विवाहको निमन्त्रणा कार्ड सार्वजनिक भए पनि मिति बाहिरिएको थिएन।

अब उनीहरुको विवाह हुन १ दिन मात्र बाँकी छ। विवाहमा परिवारका सदस्य र केही आफन्तमात्र निम्त्याइएको छ। निर्देशक संजयलीला भन्साली र फाराह खान विवाहमा निम्ताइएका फिल्मकर्मी हुन्।

निर्देशक भन्सालीसँग दीपिका र रणवीरले ‘रामलिला’, ‘बाजिराओ मस्तानी’ र ‘पद्मावत’ फिल्म गरिसकेका छन्। अहिले अभिनेत्रीका परिवार इटाली पुगिसकेका छन्। दीपिका निकट कत्तिले इटाली यात्राका तस्वीर सामाजिक सञ्जला इन्स्टाग्राममा राखेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083