दीपिका र रणवीरलाई हनिमुन मनाउन निम्तो

6.11K
shares

काठमाडौं । बलिउडका पद्मावत फेम रणवीर सिंह र दीपिका पादुकोण दुई दिनपछि मात्रै वैवाहिक बन्धनमा बाँधिन गैरहेका छन् । र उनीहरूलाई विश्वका अलग अलग पर्यटन बोर्डहरूले महँगा(महँगा हनिमुन ट्रिपको अफर आउन थालेको छ । स्विट्जरल्याण्डको पर्यटन बोर्डले दीपिका र रणवीरलाई आफ्नो देशमा हनिमुन मनाउन निम्ता पठाएको खुलासा भएको छ ।

उनीहरूले उता हनिमुन मनाए यसले भारतमा स्विस पर्यटनको प्रचार हुने भएकाले पर्यटन बोर्डले यसो गरिएको बुझिएको छ । उता दीपिका र रणवीरले भने अझैं उक्त निमन्त्रणा स्वीकार नगरेको बताइएको छ । रणवीर स्विस पर्यटन बोर्डका ब्राण्ड एम्बेसडर समेत हुन् ।

बलिउड सूत्रहरूका अनुसार यो जोडीसँग हनिमुन मनाउन पर्याप्त समय नभएकाले उनीहरू चाँडो काममा फर्किने बताइएको छ । २८ डिसेम्बरमा रणवीरको फिल्म सिम्बा रिलिज हुने बताइएको छ । उनी नोभेम्बरभरि दीपिकासँग समय बिताउने र डिसेम्बर सुरु हुनासाथ काममा फर्किने बताइएको छ । सिम्बाको ट्रेलर ३ डिसेम्बरमा लन्च हुने बताइएको छ ।