एमनेस्टीद्धारा म्यानमारकी नेतृ आङसाङ सूचीलाई प्रदान गरेको सम्मान फिर्ता

Nepal Life Insurance Long Ad

काठमाडौं । मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा थिइन ।

उनलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीले गरेको काम निराशाजनक रहेको जनाएको छ । ७३ वर्षीय सुचीलाई दिइएको सम्मान फिर्ता गरिएको यो पहिलो पटक भने होइन । एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराएका हुन् ।

पत्रमा सूचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ । रोहिग्या अल्पसंख्यकका विरुद्ध भएको अत्याचारप्रति सुचीको रुखो व्यवहारले आफूहरु उहाँलाई दिएको सम्मान फिर्ता गर्न बाध्य भएको एमनेस्टीले जनाएको छ । योसँगै उनले आफ्नो कदमलाई सच्याउने अपेक्षासमेत एमनेस्टीले गरेको छ ।

सूची नजरबन्दबाट रिहा भएको ८ वर्ष पुगेकै दिन एमनेस्टीले उनलाई दिएको सम्मान फिर्ता गरेको हो । क्रुर सैन्य शासनविरुद्ध र लोकतन्त्रको रक्षाका लागि १५ वर्षसम्म नजरबन्दमै रहेर संघर्ष गरेकी सूचीलाई एमनेस्टी इन्टरनेसनलले सन् १९८९ मा राजनीतिक बन्दी घोषित गरेको थियो । यसको ठीक २० वर्षपछि संस्थाले उनलाई सर्वोच्च सम्मान दिएको थियो ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...