नेपालका दश धनीहरुको सूचीः पशुपति शमशेर भन्दा ज्ञानेन्द्र शाह गरिब

11.62K
shares

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक अध्यक्ष तथा मोहन शमशेरका नाती पशुपति शमशेर राणाभन्दा पूर्वराजा गरिब भएको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकी पत्रिका फोब्र्सले सम्पत्ति विवरणसहित सार्वजनिक गरेको सूचीमा यस्तो देखाएको छ । एनआरएन नेपालीसहितका सम्पत्ती मुल्यांकन गरेको फोब्र्सले राणालाई सातौं सूचीमा राखेको छ भने पूर्वराजा ज्ञानेन्द्रलाई दशौं नम्बरमा राखेको छ ।

राणाको सम्पत्ति ८४ मिलियन रहेको छ भने पूर्वराजा ज्ञानेन्द्रको सम्पत्ति ५८ मिलियनमात्र रहेको फोब्र्सले उल्लेख गरेको छ । राणा र ज्ञानेन्द्रभन्दा माथि नेपालमा अन्य व्यक्ति धनाड्यको सूचीमा परेका छन् । धनीको सूचीमा राणा एकमात्र राजनीतिक व्यक्ति परे भने, ज्ञानेन्द्र गैरव्यापारिक र गैरराजनीतिकमा परेका छन् ।

त्यसो त फोब्र्सको सूचीमा नेपालमा सबैभन्दा धनी चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी परेका छन् । लगातार विश्वका धनाड्यको सूचीमा दुई पटक परिसकेका चौधरी नेपालको सूचीको १ नम्बरमा छन् ।

उनको सम्पत्ति १.६ बिलियन डलर रहेको छ । उनी विश्वका डलर अर्बपतिको सूचीमा १३४२ औं स्थानमा छन् । चौधरीको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेको पत्रिकाले उल्लेख गरेको छ ।

फोब्र्सका अनुसार दोस्रो धनी नेपाली शेष घले हुन् । घलेको कुल सम्पत्ति ४ सय १० मिलियन डलर रहेको छ । उनी अष्ट्रेलियाका ९९ औं धनीको रूपमा सूचीकृत छन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका अध्यक्ष हुन् ।

उता गैरआवासयी नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो तेस्रो स्थानमा छन् । उनको सम्पत्ति ३ सय ६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्ट्रोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिङ लगायतका क्षेत्रमा हात हालेका छन् ।

मिडिया टाइकन कैलाश सिरोहियासँग शितयुद्ध नै चलाएका व्यावसायी तथा थाहा सञ्चारका मालिक अजेयराज सुमार्गी नेपालका चौथो धनीमा परेका छन् । सिरोहिया भने धनाड्यको सूचीमा परेका छैनन् ।

सुमार्गीको कुल सम्पत्ति २ सय मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौंडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहाल प्रचण्डसँगको घनिष्ठ सम्बन्धका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेको पत्रिकाको भनाइ छ । मुक्तिश्री प्रालिको अध्यक्ष रहेका उनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

जनकपुरमा जन्मिएका गैरआवासीय नेपाली आदित्य झा सूचीको पाँचौँ स्थानमा छन् । उनको सम्पत्ति १ सय मिलियन डलर छ । उनी हाल क्यानेडियन व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका मालिक मानिने जीवा लामिछाने फोब्र्सको अर्बपति सूचीको छैटौं स्थानमा रहेका छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका निर्देशक पनि हुन् ।

उनी सन् १९८६ मा इञ्जिनियरिङको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसुङ, सोनी र एलजीको डिलरको व्यापार डा। उपेन्द्र महतोसँग सहकार्य गरेर थालेका थिए ।

यता, हङकङमा बसेर व्यापार गर्ने नेपाली व्यवसायी चैनराई सूचीको आठौं नम्बरमा छन् । उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियल स्टेट र इलेक्ट्रिोनिक्स क्षेत्रमा निकै ठूलो व्यापार रहेको छ । उनी हङकङको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा हङकङ गएका थिए ।

उद्योगी राजेन्द्र खेतान नवौं धनी व्यक्तिको सूचीमा रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ । फोब्र्सका अनुसार खेतान परिवारले १ सय वर्षभन्दा अघिदेखि नेपालमा व्यापारको शुरुवात गरेको थियो ।

खेतान गु्रपअन्तर्गत १३ वटा भन्दा बढी कम्पनी तथा उद्योगहरू रहेका छन् । लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका खेतान सानो उमेरमै सफल बनेका एक नेपाली उद्योगपति रहेको पत्रिकाले उल्लेख गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083