भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

4.89K
shares

विराटनगर । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नम्बरको भारतीय लहरीले को २० प ६७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

लहरीका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।