नेपाल-भारत सीमा नाका ४८ घण्टाका लागि बन्द

5.56K
shares

काठमाडौं । भारतको उत्तराखण्डमा हुने स्थानीय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका नाका ४८ घण्टाका लागि बन्द गरेको छ ।

भारतको उत्तराखण्ड अन्तर्गत १३ जिल्लामा आइतबार हुने स्थानीय चुनावका लागि नेपालसँग जोडिएको सीमानाका बन्द गरेको हो ।

सीमावर्ती जिल्लामा स्थानीय चुनाव भइरहेकाले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको हो । नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका ४ स्थानमा आइतबार नगरपालिकाको चुनाव हुने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083