रजनीकान्तको फिल्म २.० मा देखिनेछ रोबटको प्रेमकहानी

5.63K
shares

एजेन्सी । सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म २.० नोभेम्बर २९ मा प्रदर्शन हुँदैछ। चलचित्रको ट्रेलर प्रदर्शन भइसकेको छ। ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्।

यस फिल्ममा रजनीकान्त र एमी जैक्सनको जोडी देख्न सकिन्छ। रिर्पोटका अनुसार फिल्मको कथा टेक्नो लभ स्टोरीमा आधारित छ। सन् २०१० मा प्रदर्शन भएको रजनीकान्तको फिल्म रोबटमा देखाइएको थियो की रोबटभित्रपनि दिल हुने गर्दछ। योभित्र इमोशन हुने गर्दछ।

फिल्मको निर्देशन एस शंकरले गरेका थिए। अब २०१८ मा एस शंकर २.० लिएर आउन लागेका हुन्। यस फिल्ममा देखाइएको छ की कसरी रोबटले आफ्नो भावना देखाउन सक्छ र प्रेम गर्न सक्छ। फिल्ममा एमी र रजनीकान्तको लभ स्टोरी देखाइएको छ।