मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ हुदैँ

6.15K
shares

काठमाडौँ । ‘नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ।

जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो। मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका महासचिव शिव अधिकारीले जानकारी दिए।

जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने तथा साहसिक जलयात्रामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो। ‘नेपालको पर्यटन उद्योगको प्रमुख स्रोतमध्ये साहसिक जलपर्यटन पनि एक हो, यसको विकास र विस्तारका लागि हामीले सन् २००२ देखि नेपालमा उक्त प्रतियोगिता आयोजना गर्दै आएका छौँ’, महासचिव अधिकारीले भने।

भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइड क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल खेलाउने बताइएको छ। प्रतियोगितामा विश्वका विभिन्न मुलुकको सहभागिता रहनेछ।


divya collage
unigloble collage