अवैध घरेलु मदिरा नष्ट

6.16K
shares

काठमाडौं । काठमाडौं टोखा नगरपालिका–६ धापासी लाखेडाँडाबाट अवैध घरेलु मदिरा २ हजार लिटर तथा मदिरा बनाउन प्रयोग हुने कोदोको कच्चा पदार्थ ३५ बोरा सोमबार साँझ प्रहरीले बरामद गरी नष्ट गरेको छ।

साथै ३६ वटा प्लाष्टिकको बाल्टिमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ५ सय ४० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ र ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ५ सय लिटर समेत प्रहरीले नष्ट गरेको छ।

संखुवासभा हतिया-३ स्थायी घर भई काठमाडौं टोखा नगरपालिका–६ धापासी लाखेडाँडा बस्ने ४८ वर्षीया फुटी शेर्पा, ४१ वर्षीया शिदर भोटीनी र ४१ वर्षीया छेदिज भोटीनीले जस्ताको टहरामा अबैध घरेलु मदिरा उत्पान तथा बिक्रि वितरण गर्दै आईरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उक्त घरेलु मदिरा फेला पारी स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरेको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083