चलचित्र ‘सुश्री सम्पत्ति’ को पोष्टर सार्वजनिक
वि.सं.२०७५ मंसिर ५ बुधवार ०८:४२
5.2K
shares
shares

काठमाडौं । आगामी मंसिर २८ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन मुख्य कलाकारलाई समावेश गरिएको छ ।
सलोन बस्नेत, सारा शिर्पाली र बिनोद न्यौपाने पोस्टरमा फिचर्ड छन् । पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको ट्रेलर यही साता रिलिज हुने निर्माण टिमले जनाएको छ । चलचित्र ‘सुश्री सम्पति’ लाई रङ्ग पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।
चलचित्रमा सलोन, सारा र बिनोदका साथमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ ।











