एकाविहानै भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७५ मंसिर ५ बुधवार
852
shares
परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् । महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०९६ नं. को बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्र बहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिनुभयो । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

२०७५ मंसिर ५ बुधवार