स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा
वि.सं.२०७५ मंसिर ५ बुधवार ०९:५१
4.99K
shares
shares

गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन्। साह बेपत्ता भएपछि बिरामी मारका परेका छन्।
साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए। उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताए। स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन्। उपचार सेवा प्रभावित भएको छ,” पौडेलले भने।





























