दुहवीमा गोली प्रहारबाट फिदा हुसेनको मृत्यु

4.64K
shares

सुनसरी । सुनसरीको दुहवीमा गोली प्रहारबाट घाइते फिदा हुसेनको मृत्यु भएको छ । बुधबार बिहान गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए । मोटरसाइकलमा आएका दुई जनाले इँटा भट्टा जाँदै गरेका हुसेनमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट घाइते उनलाई न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको थियो । इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार हुसेन २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत थिए । हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए, गोली किन र कसले प्रहार गर्‍यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। घटना स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक माझीले जानकारी दिएका छन् ।