सुनसरीको दुहवीमा हुसेनको हत्या विरोधमा स्थानीयद्धारा प्रदर्शन

वि.सं.२०७५ मंसिर ५ बुधवार १२:२४
4.23K
shares
shares

सुनसरी । सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भइरहेको छ ।
उनको हत्यापछि स्थानीयहरुले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध गरेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरका छन् । स्थानीयले दुहवीको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् ।
पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् । यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।