दुहबी तनावग्रस्त, कोशी राजमार्ग ठप्प

8.05K
shares

काठमाडौं । अज्ञात समूहले गोली हानी मोहम्मद फिदा हुसेनको हत्या गरेपछि सुनसरीको दुहबी तनावग्रस्त बनेको छ। हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन् ।

हुसेन हत्याको विरोधमा स्थानीयले दुहबी बजार बन्द गरेका छन्। यसबाट कोशी राजमार्ग भएर चल्ने सवारी ठप्प भएको छ । आक्रोशित समूहले दुहबी बजारका केही पसलमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ। घटनस्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको थियो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । घाइते हुसेनलार्इ न्यूरो अस्पताल विराटनगरमा लैजाने क्रममा मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083