नेदरल्याण्डका प्रधानमन्त्री जो साइकल चढेर कार्यालय जान्छन्

9.45K
shares

काठमाडौं । नेपालमा राष्ट्रपतिको सवारीका लागि भन्दै १८ करोडको गाडी माग गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले प्रयोग गर्दै आएको गाडी पुरानो भएको भन्दै नेपाली सेनाले सरकारसँग नयाँ गाडी किन्न १८ करोड माग गरेको थियो ।

उक्त कुराको चौतर्फी विरोध भईरहेको छ । सामाजिक सञ्जालमा समेत यसको चर्को आलोचना तथा विरोध भईरहेको छ । राष्ट्रपतिलाई अहिलेपनि सबैभन्दा महंगो गाडी प्रदान गरिएको छ ।

उता संसारकै धनी देशहरु मध्येमा एक युरोपको नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथ भने साधारण साइकलमा चढेर आफ्नो कार्यलय जान्छन् । नेदरल्याण्डमा संवैधानिक राजसंस्था छ ।

उनी राजदरबारमा राजालाई भेट्न समेत सुरक्षा दलबल नलिईकन एक्लै साइकल चढेर चान्छन् । नेदरल्याण्ड सरकारले प्रधानमन्त्री मार्कको लागि भन्दै २० भन्दा बढी कारहरुको व्यवस्था गरेको छ । तर उनी राजदरवार जाँदा साईकलमा चढेर जान्छन् ।