बसको ठक्करबाट एकको मृत्युु
वि.सं.२०७५ मंसिर ५ बुधवार १४:५५
5.29K
shares
shares

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा मंगलबार एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए । बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताए । रासस






























