अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने नायिका शिल्पीसँग रोमान्स गर्दै (भिडियो)
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:३९
7.4K
shares
shares

काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको नयाँ गीत ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको छ भने गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल र नवमोडल दिपक न्यौपानेले अभिनय गरेका छन् । दिपक न्यौपाने चर्चित बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल हुन् ।.jpg)
बालगायक अशोक दर्जीका पूर्व प्रिन्सिपल समेत रहेका न्यौपानेले भिडियोमा अभिनय गर्दा धेरै कुराहरू सिक्ने अवसर पाएको बताएका थिए यो भन्दा अघि सार्वजनिक भएको एक सुटिङ रिपोर्टमा । गीतको एरेन्ज बादल लिम्बूले गरेका छन् ।
गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् भने छायाङ्कन अर्जुन तिवारीको रहेको छ ।

























