हत्याको विरोधमा सुनसरीको विभिन्न ठाउँमा प्रदर्शन

5.17K
shares

इनरुवा । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ। फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए। प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो।

सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहासहितको स्थानमा आज बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन्। हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्नेलगायतका पाँच सूत्रीय माग राख्दै सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको स्थानीयवासी हजरत हुसेनले बताए।

सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहामा गरिएको बन्द अहिले खुलेको छ भने कोशी राजमार्गअन्तर्गत विराटनगर र धरान सडकखण्डमा प्रदर्शन जारी रहेको स्थानीयवासीले बताएका छन्। स्थानीयवासीले फिदाको शवलाई दुहबी बजारमा राखेर प्रदर्शन गरिरहेको स्थानीय नइम अन्सारीले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083