एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपाल समुह ‘इ’ मा
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:४४
4.98K
shares
shares

काठमाडौँ । एएफसी कप २०१९ को ड्र सार्वजनिक भएको छ । एएफसीले बिहीवार मलेसियाको क्वालालम्पुरमा ड्र सार्वजनिक गरेको हो।
यो प्रतियोगितालाई एएफसी च्याम्पियन लिगपछिको दोस्रो प्रतियोगिता मानिन्छ। प्रतियोगितामा एसियाका ३६ क्लबले प्रतिस्पर्धा गर्नेछन्। अहिले जारी सहिद स्मारक लिगको विजेताले एएफसी कप खेल्न पाउनेछ। सार्वजनिक ड्र अनुसार नेपाल समुह ‘इ’ मा परेको छ। यस समूहमा भारतको मिनेर्भा पञ्जाव रहेको छ भने बंगलादेशको लिगमा च्याम्पियन बन्ने क्लब पनि रहनेछ। यस्तै प्लेअफको विजेता पनि यस समूहमा रहने जनाएको छ।
१७ औं संस्करणको यो खेल संयुक्त अरब इमिरेट्समा ५ जनवरीदेखि १ सेप्टेम्बर २०१९ सम्म संचालन हुनेछ । संयुक्त अरब इमिरेट्सलाई ९ मार्च २०१५ मा प्रतियोगिताको आयोजकको रूपमा घोषणा गरिएको थियो ।


























