स्मार्ट लाइसेन्सको माग ६ लाख, छापियो ७० हजार

7.98K
shares

काठमाडौं । अहिले करिब ६ लाख सवारी चालक चिटको भरमा सवारी चलाईरहेका छन् । उनीहरुले स्मार्ट लाइसेन्स कुरेर बसेको झन्डै एक बर्ष पुगिसकेको छ । तर बिबिध प्राबिधिक कारण देखाउंदै यातायात ब्यबस्था बिभागले अझै सम्म पनि लाइसेन्स उपलब्ध गराउन सकेको छैन।

लाइसेन्स छाप्न जिम्मेवारी पाएको मालिका इन्कर्पोरेटले भने अहिलेसम्म जम्मा जम्मी ७० हजार प्रति लाइसेन्स छापेको जानकारी दिएको छ । उक्त लाइसेन्स विभागलाई बुझाउने तयारी भैरहेको छ । इन्कर्पोरेटले दैनिक २० हजार लाइसेन्स छाप्न सक्ने क्षमता रहेको बताए पनि सोचे अनुसार काम गर्न नसको र विभागले दिएको डाटा गलत हुने भएकाले समस्या आएको बताएको छ ।

नयाँ आबेदन भोलिबाट

चाडपर्व लगायत बिबिध कारण देखाउंदै रोकिएको आबेदन भोलि ९शुक्रबार० बाट खुल्दै छ। आबेदन खुलेसंगै लाइसेन्सको लिनुपर्नेहरुको लाइन लम्बिने पक्का छ । लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले अनलाइन फारम भर्दा सेवाग्रहीलाई समस्या नपुगोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083