बर्दियामा बस दुर्घटना हुँदा १ को मृत्यु, १५ घाइते

5.33K
shares

काठमाडौं । बर्दियाको सदरमुकाम गुलरियाबाट गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । ना ३ ख ८५५४ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माछागढका ४५ वर्षीय कर्णबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा १५ यात्रु घाइते भएका छन् ।

३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ । घाइतेमध्ये गम्भीर ५ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।