पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १२:४७
6.06K
shares
shares

एजेन्सी । पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ ।
घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् ।





























