जथाभावी लगानी गर्ने बैंकलाई कडा कार्वाही गर्ने राष्ट्र बैंकको चेतावनी

5.58K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरित लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

विगत ३ महिनायता केही निजी क्षेत्रका बैंकहरुले ६७ अरव निक्षेप संकलन गरेर १ सय ६७ अरव लगानी गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। यसरी निक्षेप भन्दाबढि लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई कार्वाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ।

नेपाल वित्तिय संस्था कर्मचारी संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशन विपरित लगानी गर्ने बैंकमाथि कडा निगरानी राख्न बैंक अन्तरगतका ट्रेड युनियनहरुलाई पनि सचेत गराए।

गभर्नर नेपालले प्रविधि अनुसार आफ्ना योजनाहरुमा पनि परिवर्तन ल्याउन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष पदमराज रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आवश्यक्तामाथि प्रकाश पारेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083