काठमाडौंको बुद्धनगरमा भीषण आगलागी
वि.सं.२०७५ मंसिर १० सोमवार १६:१६
7.07K
shares
shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर उद्योग आगो लागेको छ । महानगरीय प्रहरी प्रभाव बुद्धनगरको छेउमा रहेको एक चाइनिज फर्निचर उद्योगमा आगो लागेको हो ।
आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहितका दमकल प्रयोग गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेका छन् ।
ठूलो मात्रामा आगलागी भएकाले नियन्त्रणमा आउन केही समय लाग्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोकटीले जानकारी दिए ।






















