आङ सान सुकी नेपाल आउँदै

8.24K
shares

काठमाडौं । म्यानमारकी परराष्ट्रमन्त्री आङ सान सुकी काठमाडौँ आउने भएकी छन्। सुकी अर्को साता नेपाल आउन लागेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन्।उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ ।

सुकीको यो दोश्रो नेपाल भ्रमण हो। यस अघि २०७१ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा पहिलो पटक नेपाल आएकी थिइन्।सक्रिय राजनीतिमा आउनुपूर्व उनले आफ्ना बेलायती पति एरिससँगै लामो समय नेपालमा बिताएकी थिइन्।

पछिल्लो समय म्यानमारका रोहिंग्या समुदायमाथि भएको सरकारी दमनको विरोध नगरेको भन्दै सुकीको आलोचना भइरहेको छ। लामो समयको नजरबन्दबाट मुक्त भएकी नेतृ सुकी नोबेल पुरस्कार बिजेता समेत हुन् । क्यानाडाको संसदले नोबेल पुरस्कार विजेता आङ साङ सूचीलार्इ दिएको मानार्थ नागरिकता फिर्ता लिने निर्णय गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083