बिहानै कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना, २५ जना घाइते
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:२१
4.86K
shares
shares

धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए।
घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ। दुर्घटनाबाट पुलमा क्षति पुगेको छ।































