चलचित्र ‘प्रेम गीत–२’ युट्युबको १ नम्बर ट्रेन्डिङमा

5.43K
shares

काठमाडौं । गत वर्ष २०७४ को सुपरहिट नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको १ बर्षपछि आइतबार ‘प्रेम गीत–२’ युट्युब च्यानल हाइलाइट्स मुभीजले चलचित्र युट्युबमा अपलोड गरेको हो ।

सुपरस्टार प्रदीप खड्का र अस्लेषा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत–२’ सन्तोष सेनले निर्माण गरेको चलचित्र हो । युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकहरूले निकै राम्रो प्रतिकृया दिइरहेका छन् भने रिलिज गरेको एकेही दिनमै ट्रेन्डिङ १ मा आइसकेको छ र अझै यसको भियुजहरु बढ्ने क्रममा जारी छ ।

यो रिपोर्ट तयार पार्दासम्म यस फिल्मलाई ३४ लाख ६२ हजार ५७९ जनाले हेरिसकेका छन् भने ४८ हजारले मनपराएको साइन देखाएका छन् । ‘प्रेम गीत–२’ जर्नी लभ स्टोरी बोकेको चलचित्र हो ।

कैलाश कटुवाल, कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।