सन्दीपले इपीएलका दुई खेल मात्र खेल्ने

3.41K
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् । उनले यही मङ्सिर २२ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग ९इपिएल० मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् ।

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा समेत सहभागिता जनाएका उनले इपिएलको शुरुआती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा भन्नुभयो, “सन्दीपले मङ्सिर २२ मा विराटनगर वारियर्स र मङ्सिर २३ मा चितवन टाइगर्स विरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन् ।

यही मङ्सिर २२ गतेदिख शुरु भई पुस ७ गते समापन हुनेछ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।


Mitsubishi Long Ad