गगन सरगमको ‘प्रेमको भिखारी’ सार्वजनिक (भिडियोसहित)

5.28K
shares

काठमाडौं । गायक गगन सरगमले एक दशकपछि नेपाली आधुनिक गायनमा पुनरागमन गरेका छन्। सरगम दोस्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’मार्फत श्रोतामाझ आएका हुन्।

गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ। प्रेमको भिखारीमा विविध ५ वटा आधुनिक गीतहरू समावेश गरिएका छन्। एल्बममा नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ। भिडियोमा गगन आफैँले अभिनय गरेका छन् भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।

निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युवराज बाइवाको निर्देशन रहेको छ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083