टान सचिवालयमा गरिएको तालाबन्दी खुला

वि.सं.२०७५ मंसिर १४ शुक्रवार १५:०६
4.3K
shares
shares

काठमाडौं । सोमबारदेखि टान सचिवालयमा लागेको ताला खुलेको छ । पर्यटन क्षेत्रमा क्रियाशिल ३ प्रमुख मजदुर यु- ियनले पदयात्रा क्षेत्रमा कार्यरत मजदुरहरुको विषयमा राखेको मागलाई सम्बोधन गर्न माग राख्दै लगाइएको ताला खुलेको हो ।
नवराज दाहालको अध्यक्षतामा बसेको टान कार्यसमितिको आकस्मिक बैठकले एक वार्ता समिति बनाई तत्काल वार्तामा बसी समस्याको समाधान गर्न सम्बन्धित पक्षलाई पहल गरेपछि ताला खुलेको हो ।
नेपाल पर्यटन बोर्डमा बसेको वैठकमा टानका अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारीहरु एवं सदस्य, ३ वटै ट्रेड युनियनका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्यहरु, सोट्टो नेपालका पूर्वअध्यक्षलगायत उपस्थित थिए । वैठकमा मजदुरहरको मागलाई सम्बोधन गरिएकोले टान सचिवालय र ठमेल टिम्स काउन्टर खुल्ला गरिएको छ ।