सुटुक्क कांग्रेस महामन्त्री कोइराला निवास पुगे भारतीय नेता

4.84K
shares

काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा सांसद शत्रुधन सिन्हा सुटुक्क नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला निवास पुगेका छन् । बलिउड अभिनेता समेत रहेका नेता सिन्हा शुक्रबार टोखास्थित कोइरालानिवास पुगेका हुन् । उनीसँग भारतीय नेता यशवन्त सिन्हा पनि साथमा छन् ।

उनी तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरका पालामा अर्थ मन्त्री थिए । भारतीय फिल्म उद्योगमा लामो समयसम्म काम गरेका शत्रुधन सिन्हा बिहारबाट भारतीय जनता पार्टीमा २०१४ मा निर्वाचित भएका थिए । उनी अभिनेत्री सोनाक्षी सिन्हाका बाबु हुन् । भेटमा सिन्हाले भारतको स्वतन्त्रताको आन्दोलनमा नेपालको कोइराला परिवारले पुराएको योगदानको स्मरण गरेका थिए ।

नेपाल–भारत सम्बन्ध राजनीतिक स्तरमा बलियो भएपनि जनस्तरमा अझ बलियो हुन नसकेको बताए । कांग्रेसका नेता तथा कोइरालानिकट कार्यकर्ता टोखास्थित निवासमा सिन्हाको स्वागतका लागि पुगेका थिए । सिन्हा र कोइरालाबीच राजनीति, सांस्कृतिक र आपसी सद्भावका विषयमा कुराकानी भएको कांग्रेस नेता सुदर्शन आचार्यले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083