बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड : राष्ट्रिय गौरवको आयोजना

5.11K
shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले परियोजना छिटो अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री राजेन्द्र पाण्डे, कमला पन्त, नेपाली काङ्ग्रेसका पूर्वप्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सङ्घीय संसद् तथा प्रादेशिक संसद्का सांसद, विषय विज्ञ र प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता रहेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले सरकारका अगाडि जलविद्युत परियोजनाका लागि धेरै विकल्प भए पनि बहुद्देश्यीय परियोजनाका रुपमा बूढीगण्डकीलाई अघि बढाउन खोजिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजनको ‘मुआब्जा, पुनःस्थापना लगायतका प्रक्रिया अघि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिने मुआब्जा यसै वर्ष भित्र प्रदान गरिसक्ने लक्ष्य राखिएको छ । त्यसमा सहयोग गर्नुस् ।” जवाफमा मन्त्री पुनले यसबारे आवश्यक निर्णय गरेर अघि बढ्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सो परियोजना अघि बढाउनका लागि आफूले जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो । परियोजनाका काम ढिलो भएकाले समस्या थपिँदै गएको बताउँदै उहाँले अब एकमुष्ट रुपमा मुआब्जा वितरण गरेर अधिग्रहण गरिएको जग्गामा जनतासँग कर नलिने गरी अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले यो परियोजनालाई जतिसक्दो छिटो अघि बढाउनु पर्नेमा जोड दिँदै वर्तमान सरकारले यसलाई सफल बनाएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । गोरखा तथा धादिङका सरोकारवाला जनताले बहुद्देश्यीय परियोजनामा रोजगारीका लागि स्थानीयलाई प्राथमिकतामा राख्नु पर्ने, कर कट्टा नगरिकन एकमुष्ट मुआब्जा वितरण गरिनु पर्ने लगायतका सुझाव राखेका थिए । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083