भारतबाट लागुऔषधसहित नेपाल छिर्न खोज्ने दुई युवक पक्राउ

6.06K
shares

महोत्तरी । भारतबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने १८ वर्षीय मौसम लामा र वडा नं १० बस्ने १९ वर्षीय भीमबहादुर खप्तडी मगर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

शनिबार दुवै जना भारतको सीतामढी जिल्लाअन्तर्गत रहेको भिट्ठामोड शहरबाट लागुऔषध नाइटोभेट १५० थानसहित महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-३ स्थित मलिवारा बस बिसौनीमा जाँचको क्रममा पक्राउ परेका हुन्।

पक्राऊ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


divya collage
unigloble collage