अध्यागमन–नियममा कडाई गर्दै मलेसिया, कालोसूचिमा परेका ६३ हजार विदेशीलाई प्रवेशमा प्रतिबन्ध

5.11K
shares

मलेसिया । मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । उसले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुनस् प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ ।

मलेसियाली अध्यागमन विभागले अध्यागमन नियम कानुनविपरित गतिविधि गरेको, विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका लगायत अभियोगमा दोषी पाइएका विभिन्न देशका नागरिकहरुलाई कालोसूचीमा राख्दै मलेसिया प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ । कालोसूचिमा पर्नेहरुमा कयौं नेपालीहरु पनि रहेका छन् । मलेसियाले भिसाको दुरुपयोग गरेको अभियोगमा कयौं नेपालीहरुलाई पनि कालोसूचिमा राख्दै पुनस् प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ ।

विभागका महानिर्देशक मुस्ताफर अलीका अनुसार यसै वर्ष जनवरी महिना यताका करिब ११ महिनाको अवधिमा उक्त संख्यामा विदेशी नागरिकहरु अध्यागमनको ‘कालोसूचि’ मा परेका हुन् यसअघि कानुन उल्लंघन गरेको विभिन्न अभियोगमा उनीहरुकै देश फिर्ता पठाई कालोसूचिमा राखीएकाले अब उनीहरु निश्चित समयसम्म वा अध्यागमनले प्रतिबन्ध फुकुवानगरेसम्म मलेसिया आउन पाउनेछैनन् ।

महानिर्देशक अलीले हाल कालोसूचिमा परेकाहरुलाई अध्यागमनका साझेदारी निकाय एवं कम्पनीबाट ई–भिसा पाइसकेकै भएपनि प्रवेश नदिइने र ई–भिसा पाउँदैमा प्रवेश पाउने कुनै ग्यारेन्टी नहुने समेत स्पष्ट पारे । उनका अनुसार ई–भिसा पाइसकेकाहरु अध्यागमन विभागको कालोसूचिमा नरहेको खण्डमा मात्र मलेसिया प्रवेश गर्न पाउनेछन् ।

अलीका अनुसार कालो सूचीमा रहेकाहरु प्रवेश गर्न खोजेमा उनीहरुलाई ‘नट् टू ल्याण्ड’ सूचना जारी गरी सम्बन्धित देशमै नै फिर्ता पठाइनेछ । हाल कालोसूचिमा पर्नेहरुमा राष्ट्रिय सूरक्षामा खतरा मानिएका, आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएकाहरुदेखि सामाजिक भ्रमण भिसा (सोसल भिजिट पास) को दुरुपयोग गर्नेहरु समेत रहेका जनाइएको छ ।

गैरकानुनी आप्रवासी कामदारको व्यवस्थापन र भ्रष्टाचारको नियन्त्रण गर्नु नै मलेसियाका लागि सबैभन्दा ठूलो चुनौतीहरु हुन् । विभागका अनुसार गत ११ महिनायताको अवधिमा करिब ४५ हजार गैरकानुनी आप्रवासी कामदारहरुलाई उनीहरुकै मुलुक फिर्ता पठाइ सकिएको जनाइएको छ । कालोसूचीमा पर्नेहरुमध्ये अधिकांश आप्रवासी कामदारहरु रहेको अनुमान छ ।

मलेसियामा गत मे महिनामा नयाँ सरकार गठन भएसँगै सरकारले मुलुकमा खासगरी आप्रवासी एवं अध्यागमनसम्बन्धी नीति पनि कडाईका साथ लागू गर्दै आइरहेको छ। कालोसूचिमा रहेका विदेशीहरुलाई समेत प्रवेश अनुमति दिएको अभियोगमा गत सेप्टेम्बर महिनामा ४ जना कर्मचारीलाई पक्राउ गरि छानवीन अघि बढाइएको थियो । समाचारहरु अनुसार ती कर्मचारीले उनीहरुबाट घुस लिएर भिसा अनुमति जारी गरेको भेटिएको पाइएको थियो ।

सरकारले मानव बेचविखन जस्ता कार्यमा संलग्न रहेका हुनसक्ने र यस्तो कार्यमा सघाउने कर्मचारीहरुलाई निशाना बनाउँदै अनुसन्धान गर्दै आएको छ र उनीहरुमाथि कडा निगरानी गर्दै आइरहेको छ । मलेसियाले मुलुकभर रहेका विभिन्न १३७ प्रवेश समून्द्री एवं स्थलगत नाकाहरु भएर मुलुक भित्रिने विदेशीहरुका लागि उच्च जाँच गर्दै आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083