बाँदरको आक्रमणबाट एक महिला घाइते
वि.सं.२०७५ मंसिर १९ बुधवार १२:२२
11.02K
shares
shares

पर्वत। जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएका छन्। स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएका हुन्। घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो।
जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए। बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन्।















