श्रृंखलाले बनाएको चेपाङ गाउँको हेल्थपोष्ट, जसले जितायो ‘ब्यूटी विथ प्रपोज’

5.29K
shares

काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा सहभागी मिस नेपाल श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । मिस वर्ल्ड प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै उनको अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।

चीनको सान्यामा जारी प्रतियोगितामा ब्यूटी विथ प्रपोजको अवार्ड उनले जितेकी छन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । मल्टिमिडिया अवार्ड उनलाई समर्थले जिताएका हुन् भने ब्यूटी विथ प्रपोज आफ्नै बलबुतामा जितेकी हुन् ।

शृंखलाले ब्यूटी विथ प्रपोज अवार्डका लागि प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी छन् । यो आठ मिनेट २१ सेकेन्ड छ । भिडियोमा मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङ, जुन गरिबी र अशिक्षाले आक्रान्त छ । चार दिनसम्म श्रृंखला सो गाउँमा रहिन् । त्यहाँको निर्माणाधिन वडा कार्यालय भवनमा उनी बास बसेकी थिइन् ।

उनले हेल्थ पोष्ट भवन बनाउन स्थान छनोट गरिसकेकी थिइन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले आफैंले विल्डिङ डिजाइन गरिन् ।