अहिले राजनीति बुझ्दैछु : अर्थमन्त्री खतिवडा

4.99K
shares

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आफू मन्त्री भएपछि राजनीति बुझ्दै गरेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभालाई सम्बोधन अर्थमन्त्री खतिवडाले आफूलाई राजनीति ज्ञान नभएकोले सरकारमा गएपछि राजनीति बुझ्दै गरेको बताएका छन्। ‘लामो सयम आर्थिक क्षेत्रका काम गरे, त्यो बेलामा राजनीति आवश्यक नै नभएकोले सरकारमा गएपछि मात्र राजनीति बुझन थालेको छु।

योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गर्भनर हुँदै उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। फरक प्रसंगमा उनले, ‘नेपालको अर्थ नीतिमा विगतका दिनहरुमा पनि मिडियाले खेलेको भूमिका अतुलनीय रहेको छ। अर्थमन्त्री खतिवडाले भने, ‘अबका दिनहरुमा पनि मिडियाले देश विकासमा भूमिका खेल्छ भन्ने विश्वास लिएको छु।

‘सबै निकायको सहयोगी भनेको सञ्चार माध्यम नै हो। सञ्चारले सबै निकायका आवाजहरु छर्ने गर्छ, त्यसैले सत्य, तथ्य, खोजमुलक कुराहरु लेख्नु पत्रकारको धर्म हो।’ उनले भने, ‘पत्रकारले सबैका कमी कमजोरी लेख्ने गर्छन्, तर पत्रकारका गल्ती तथा कमजोरीहरु कसैले पनि लेख्दैनन्, त्यसैले पत्रकारले गल्ती गर्नु हुँदैन।

‘पत्रकारका फरक फरक गुट हुनु भन्दा एकता भएपछि मात्र मिडिया बलियो हुन्छ’ उनले भने, ‘सबै सञ्चारकर्मीले आ–आफ्ना विटमा विज्ञ जस्तो ठूलो अनियमितताको समाचार भएपनि लेख्न सकिन्छ, कसैले औंला ठाडो गर्न सक्दैन।’ उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083