रुन्चे गायक प्रकाशको ‘आलु चिउरा खाउँ’ सार्वजनिक (भिडियोसहित)

7.14K
shares

काठमाडाैँ । रुन्चे गायक प्रकाश पौडेलको ‘आलु चिउरा खाउँ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको यूट्यूब च्यानलमार्फत शुक्रबार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा गोपाल दाहालको शव्द र दिपराज न्योङ्हाङको संगीत छ भने गायक पौडेल र मुना पाख्रीनको स्वर छ ।

पौडेलले नै निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, अस्टर तामाङ, विराट अनुपम, नविन, विशालको अभिनय छ । मोटोपन र भुँडी लाग्दा हुने तनाव र त्यसलाई कसरी घटाउने भन्ने विषयलाई गीतमा व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको गायक पौडेलले बताए।

युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको म्युजीक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन गरेका हुन् भने प्रकाश तुलाधरले भिडियो सम्पादन गरेका छन्।

पौडेल हाल युएईमा सेन्चुरी बैंक अन्तरगतको युएई प्रतिनिधिका रुपमा कार्यरत छन् । उनका ‘नाइ मलाई त्यहीँ केटी चाहिन्छ’, ‘डा. साब भिटामिन लेख्दिनुस् न’, ‘तीते पाती–तीते पाती झ्याप’ लगायतका गीत लोकप्रिय छन् ।
हेर्नुहोस् भिडियो


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083