खुम्बुमा एक भारतीय पर्यटकको मृत्यु

6.08K
shares

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ। खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ।

रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए।

आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिए।

उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै काठमाडाँैको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083