स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुने : यमनी विद्रोही
वि.सं.२०७५ मंसिर २४ सोमवार १६:०१
4.86K
shares
shares

रिम्बो, स्वीडेन । स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन्।
सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा हामी नयाँ चरणको वार्तामा बस्न सक्छौ,” विद्रोही हुथी समूहका प्रवक्ता मोहम्मद अब्देलसलामले पत्रकार सम्मेलनमा बताए। उनले थपे, “सकारात्मक वातावरण र विश्वासको अवस्था आएमा आगामी वार्ता केही महिनाभित्रै हुनसक्छ।
































