अफगानिस्तानको दक्षिणी प्रान्तमा झडपमा परी ८ प्रहरीको मृत्यु

4.85K
shares

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् ।

यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए ।

सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारका प्रवक्ता आजिज अहमद आजिजले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको छ । तर पनि तालिबान लडाकू समूहले सरकारले सुरक्षा बढाएको प्रान्तहरुमा बारम्बार आक्रमण गर्दै आएका पाइन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083