मेस्सीलाई दिए रोनाल्डोले च्यालेन्ज, के गर्लान् मेस्सीले ?
वि.सं.२०७५ मंसिर २५ मंगलवार १४:३१
4.72K
shares
shares

रोम । स्पेनिस क्लव रियाल मड्रिड छाडेर इटलियन क्लव युभेन्टस पुगेका फुटबलर क्रिष्टियानो रोनाल्डोले अर्का फुटबलर लियोनेल मेस्सीलाई बार्सिलोना छाड्न र इटलीको क्लवमा आउन चुनौती दिएका छन् । रोनाल्डो यसै वर्ष रियाल मड्रिड छाडेर इटलीको सिरी ए च्यापियन युभेन्टस गएका थिए ।
३३ वर्षीय रोनाल्डोले भने ‘यदि मेस्सी इटलीको कुनै क्लवको तर्फबाट खेल्छन् भने मलाई खुसी लाग्नेछ । आशा छ उनले मेरो यो चुनौती स्वीकार गर्नेछन् । तर, यदि उनी बार्सिलोनामै खुसी छन् भने म यसको सम्मान गर्छु । रोनाल्डो २००३ देखि २००९ सम्म इङल्याण्डको क्लव म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि उनी स्पेनिश क्लव रियाल मड्रिड गएका थिए । मेस्सीले भने आफ्नो करिअर बार्सिलोनाबाटै गरेका थिए र उनले कहिल्यै क्लव फेरेनन् ।


























