ईपीएल : भैरहवासँग विराटनगर ४ विकेटले पराजित

5.68K
shares

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडियटर्सले जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा बुधबार विराटनगरलाई ४ विकेटले पराजित गर्दै भैरहवाले जित हात पारेको हो ।

भैरहवाको यो लगातार तेस्रो जित हो । टर हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १८ ओभर चार बलमा ९१ रन मात्र बनायो । भैरहवाले १९ ओभर चार बलमा ६ विकेट गुमाउँदै ९२ रन बनाएर लक्ष्य पूरा गरेको हो । विराटनगरको यो पहिलो हार हो ।