पृथ्वीनारायणको शालिकको तरबार चोरियो
वि.सं.२०७५ मंसिर २६ बुधवार १४:१७
5.56K
shares
shares

नुवाकोट । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।
‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’ तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए ।















