चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

5.27K
shares

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो। कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो।

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ। कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ।
कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छन्। ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन्।

यस्तै नेपाल स्टक एक्सचेञ्जले आज मञ्जुश्री फाइनान्स लिमिटेडको कारोवारमा रोक लगाएको छ। केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले कारोवारमा रोक लगाइएको स्टकले जनाएको छ। यस्तै स्टकले आजै कर्पोरेट डेभलपमेन्ट बैंकको लिमिटेडको कारोवार खुल्ला गरेको छ। यस्तै स्टकमा आज सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले १० प्रतिशत शेयर लाभांश दिने घोषणा गरेसँगै शेयर मूल्य २१२ हुने गरी समायोजन गरेको हो। कम्पनीको औसत आधार मूल्य २५५ रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083