मेस्सीको जस्तो अद्भुत क्षमता कसैको पनि छैन : रोबर्ट पिरेस
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ११:३०
shares

काठमाडौं । फ्रान्सेली राष्ट्रिय टोलीका पूर्व खेलाडी रोबर्ट पिरेसले आफ्ना सहखेलाडी जिनेदिन जिदान र थिएरी हेनरीले समेत लियोनेल मेस्सीको जस्तो अद्भुत खेल क्षमता देखाउन नसकेको बताएका छन् । मेस्सीसँग ‘अरू कसैसँग पनि नभएको क्षमता’ छ । पिरेसले फ्रान्समा क्लब र अन्तर्राष्ट्रिय स्तरमा गजबको करीयर बनाएका थिए र धेरैवटा प्रमुख उपाधिहरू जितेका थिए ।
उनले फ्रान्सेली टोली, आर्सनल र मार्सेबाट स्टार खेलाडीहरूसँग मिलेर खेलेका थिए । पिरेसले जिदान र हेनरी जस्ता खेलाडीसँग खेलेका थिए । उनी सन् १९९८ मा फूटबल विश्वकप जित्ने फ्रान्सेली टोलीका सदस्य थिए । पिरेसका अनुसार, जिदान, रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डो त मेस्सीको छेउछाउमा पनि पर्दैनन् ।
अघिल्लो सप्ताहान्तमा इस्पान्योलविरुद्धको विजयी प्रदर्शनमा बार्सिलोनाका सुपरस्टार मेस्सीको योगदानका बारेमा पिरेसले चर्चा गरे । उक्त खेलमा मेस्सीले दुईवटा सुन्दर फ्रीकिकमार्फत गोल गरेका थिए । ‘उनले इस्पान्योलविरुद्धको खेलमा जस्तै प्रदर्शन देखाइरहने हो भने उनलाई रोक्न असम्भव छ,’ पिरेसले मुन्डो डिपोर्टिभोलाई बताए, ‘त्यो अविश्वसनीय थियो । मैले जिदान, हेनरी र रिकेल्मेसँग खेलेको छु र रोनाल्डिन्हो र क्रिस्टियानो रोनाल्डोविरुद्ध खेलेको छु ।














