आगलागीबाट रु १२ लाखको क्षति

6.88K
shares

दाङ्ग । घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ।

आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हुँदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083